अन्तर्राष्ट्रिय

भारतमा बहुप्रतिक्षित दिल्ली–देहरादून द्रुतमार्गको निर्माण अन्तिम चरणमा

काठमाडौं

भारतमा निर्माण गरिएको बहुप्रतिक्षित दिल्ली–देहरादून द्रुतमार्ग सञ्चालनको अन्तिम चरणमा पुगेको छ । २ सय १० किलोमिटर दुरीको लामो द्रुतमार्ग निर्माण भइरहेको हो । 

दिल्ली र देहरादूनबीचको यात्रा समय साढे ६ घण्टाबाट घटाएर साढे २ घण्टामा सीमित गर्ने अपेक्षा गरिएको द्रुतमार्ग यहि अप्रिल १४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तयारी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

उत्तर भारतको सडक पूर्वाधारमा महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको सो द्रुतमार्ग १२ हजार करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको हो । ६ लेनको द्रुतमार्गमा सवारीसाधनका लागि अधिकतम गति प्रतिघण्टा १ सय किलोमिटर तोकिएको छ । 

सो सडक पूर्वाधारले दिल्ली–मेरठ खण्डको सवारी चाप घटाउनुका साथै हरिद्वार र चारधाम क्षेत्र पुग्नका लागि सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।