अन्तर्राष्ट्रिय

इजरायलले लेबनानमाथि आक्रमण नरोके जवाफी कारबाही गर्ने इरानको चेतावनी

काठमाडौं

मध्यपूर्वमा तनाव झन् बढ्दै गएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्पस्ले ले इजरायलले लेबनानमाथि आक्रमण नरोके जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालैको आक्रमणलाई हिजबोल्लामाथि अहिलेसम्मकै सबैभन्दा ठूलो प्रहार भएको बताउनुभएको छ । यसैबीच, इजरायल र अमेरिकाले इरानसँग भएको दुई हप्ते युद्धविराम सम्झौतामा लेबनान समावेश नभएको स्पष्ट पारेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

इरानी सभामुख मोहम्मद बघर घालिबाफले युद्धविरामका केही सर्तहरू पहिले नै उल्लंघन भइसकेको आरोप लगाउनुभएको छ । यसैबीच, युद्धविराम भएपछि इरानसँगको वार्ता अमेरिकी उपराष्ट्रपति जे डि भान्सका अनुसार पाकिस्तानमा हुने शान्ति वार्ताको नेतृत्व गर्नुहुनेछ ।