इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि इस्लामावादमा शान्ति वार्ता सुरु
काठमाडौंअमेरिका र इरानीच जारी तनाव अन्त्यका लागि पाकिस्तानको इस्लामावादमा शान्ती वार्ता सुरु भएको छ । यसअघि, अमेरिकी र इरानी अधिकारीले अपाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफबीच भेटवार्ता भएको थियो । वार्तामा पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सो भेटमा अमेरिकीका विशेष दूत स्टिभ विटकफ पनि सहभागी भएको बताइएको छ ।
इरान र अमेरिकाबीच दुई साताको युद्धविराममा सहमति भएको अवस्थामा वार्ता सुरु भएको हो । यस अवधिमा इरानमा पर्ने हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजलाई सञ्चालनका अनुमति दिने सहमति भएको छ ।
यसैबीच इरानले अमेरिकालाई युद्धविरामका लागि १० बुँदे प्रस्ताव पठाएको छ, जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता मार्फत समाधान गर्नसक्ने बताएको बीबीसीले जनाएको छ । यद्यपि अमेरिका र इरान दुबैतर्फबाट प्रस्ताव गरिएका बूँदा भने सार्वजनिक गरिएको छैन ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार १० बुँदे प्रस्तावमा क्षेत्रीय युद्ध पूर्ण रुपमा अन्त्य गर्ने, इरानमाथिका प्रतिबन्धहरु पूर्ण रुपमा हटाउने तथा अमेरिकामा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने र पुनर्निर्माण खर्चका लागि पूर्ण क्षतिपूर्ति दिने जस्ता विषय समावेश गरिएको छ । अमेरिकासँग हुने वार्ताका लागि इरानी अधिकारीहरुसमेत इश्लामावाद पुगेको समाचारमा उल्लेख छ ।
यद्यपि वार्ता कसरी अघि बढ्छ र दुवै पक्ष आमनेसामने भेट हुने वा नहुने भन्नेबारे अझै स्पष्ट भइसकेको छैन । यता पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच छुट्टाछुट्टै संवाद गराउँदै विभिन्न प्रस्तावमा सहमति खोज्ने प्रयास गर्ने तयारी गरेको बताइएको छ ।