अमेरिकी उपराष्ट्रपति भान्स इस्लामावाद फिर्ता
- काठमाडौंअमेरिकी उपराष्ट्रपति जेडी भान्स बिना सहमति इस्लामावादबाट फर्किनुभएको छ । यसअघि शनिबारदेखि झन्डै २१ घण्टासम्म इरान–अमेरिकाबीच वार्ता चलेको थियो ।
यस प्रत्यक्ष वार्ताका दौरान इरानको आणविक कार्यक्रम, हर्मुजको नियन्त्रण, इरानमाथिको प्रतिबन्धलगायत विविध विषयमा छलफल भए । तर, कुनै सहमति हुन सकेन ।
इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने प्रतिबद्धता व्यक्त गर्नु जरुरी रहेको उहांले बताउनुभयो ।
इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उहांले आफ्नो प्रस्ताव इरानले यसलाई स्विकार्छ गर्छ या गर्दैन भन्नेमा ध्यान दिइने बताउनुभयो ।
उपराष्ट्रपति भान्सले पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्शल मुनीरलाई धन्यवाद् दिनुभएको छ ।