युद्धविरामलाई निरन्तरता दिन अमेरिका र इरानलाई पाकिस्तानको आग्रह
काठमाडौंपाकिस्तानले अमेरिका र इरानबीच शान्ति वार्ता निष्कर्षविहीन भएलगत्तै दुवै पक्षलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ । पाकिस्तानका विदेशमन्त्री इसाक दारले शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दैै सकारात्मक भावना राखेर वार्तामा संलग्न रहन आग्रह गर्नुभएको हो ।
विदेशमन्त्री दारले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वका लागि समेत युद्धविरामको प्रतिबद्धता कायम राख्नु आवश्यक भएको बताउनुभएको छ । आफूहरुको तर्फबाट अमेरिका र इरानबीच संवादको वातावरण बनाउन निरन्तर पहल हुने समेत उहाँको भनाइ छ ।