अन्तर्राष्ट्रिय

म्यानमारमा ठूलो संख्यामा कैदीहरुलाई आममाफी

काठमाडौं

म्यानमार सरकारले ठूलो संख्यामा रहेका कैदीहरुलाई आम माफी दिएको छ । त्यहाँका राष्ट्रपति मिन आङ ह्लाइङले पद सम्हालेपछि पहिलो निर्णय गर्दै आममाफी दिने घोषणा गर्नुभएको हो । 

यस कदमसँगै जेलमा रहेकी पूर्व नेतृ आङ सान सूकीको सजाय पनि घटाइएको अनतर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२१ मा पक्राउ परेका पूर्व राष्ट्रपति विन माइन्टलाई समेत आममाफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

म्यानमारको सरकारी टेलिभिजनका अनुसार त्यहाँको सरकारले ४ हजार ३ सय ३५ जना कैदीहरुलाई आममाफी दिएको हो । यसपटक आममाफी पाउनेहरुमा १ सय ७९ जना विदेशी नागरिक पनि छन् । यसैबीच मृत्युदण्डको सजय सुनाइएकालाई अब आजीवन कारावासमा रुपान्तरण गरिएको छ भने आजीवन सजायलाई ४० वर्षमा घटाइएको समाचारमा उल्लेख छ ।