अन्तर्राष्ट्रिय

अमेरिकी नौसेनाद्धारा इरानको झन्डा अंकित कार्गो जहाज नियन्त्रणमा

- एजेन्सीकाठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नौसेनाले इरानी झण्डा अंकित कार्गो जहाजलाई हर्मुज जलमार्गमा रोकेको बताउनुभएको छ ।

उहाँले ट्रुथ सोसलमा लेख्दै इरानको टोउस्का नामक जहाजलाई रोक्न खोज्दा नमानेपछि अमेरिकी नौसेनाले नियन्त्रणमा लिएको जानकारी दिनुभएको हो ।

इस्लामावादमा दोस्रो चरणको वार्ताको तयारी भइरहँदा अमेरिकाले हर्मुज जलमार्गमा नाकाबन्दी लगाउँदै इरानी जहाज नियन्त्रण लिएको समाचार आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता तेहरानले अमेरिकाले समुद्री डकैती गरेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने वाचा गरेको छ ।