अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्धविराम वार्ता पुनः सुरु हुने संकेत

काठमाडौं

अमेरिका र इरानबीच जारी अस्थायी युद्धविराम अन्त्य हुन लाग्दा दुवै पक्षले पाकिस्तानको राजधानी इस्लामाबादमा पुनः वार्ता गर्ने संकेत गरेका छन् । अमेरिका र इरानबीच भोलि दुई साता अस्थायी युद्धविराम अन्तय हुन गइरहेको सन्दर्भमा पुनः वार्ता हुने बताइएको समाचार संस्था एपीले जनाएको छ । 

पाकिस्तानका मध्यस्थकर्ताहरुले भोलि इस्लामावादमा वार्ता टोलीका शीर्ष नेता आउने बताएको समाचारमा उल्लेख छ । यससँगै पाकिस्तानी सुरक्षाकर्मीहरूले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

 पाकिस्तानको मध्यस्ततामा हुने भनिएको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानका संसद् सभामुख मोहम्मद कालीबाफ भोलि इस्लामाबाद पुगेर वार्ताको नेतृत्व गर्ने सम्भावना रहेको बताइएको छ । यद्यपि दुवै देशले औपचारिक रूपमा वार्ताको मिति भने पुष्टि नगरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।