अमेरिका र इरानबीचको वार्ता अनिश्चित
- काठमाडौंअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वार्ता अगाडि नबढेसम्म इरानसँगको युद्धविराम थप लम्बिने बताउनु भएको छ ।
युद्धविरामको समयसिमा सकिनै लाग्दा राष्ट्रपति ट्रम्पले युद्ध विराम लम्बिने बताउनु भएको हो । अमेरिका र इरानबीच जारी युद्धविराम यसै साता सकिदै छ ।
त्यस्तै तेहरानले एकीकृत प्रस्ताव पेश नगरेसम्म इरानी बन्दरगाहमाथिको नाकाबन्दी पनि जारी ट्रम्पको भनाइ छ ।
अमेरिकाले वार्तासँगै इरानमाथि दबाबको रणनीति पनि कायमै राख्ने देखिएको छ । उनीहरुबीच पाकिस्तानमा पुन हुने भनिएको वार्ता पनि अझै निश्चित नभएको बीबीसीले जनाएको छ ।
यसअघिको सहमति अनुसार युद्धविराम जारी राखिए पनि अमेरिका–इरानबीचको वार्ता प्रक्रिया भने अझै अनिश्चित देखिएको छ ।