अन्तर्राष्ट्रिय

इरानसँगको युद्धविरामको म्याद थपिएपनि हर्मुज जलमार्ग क्षेत्रमा तनाव कायमै

काठमाडौं

हर्मुज जलमार्गमा क्षेत्रमा तनाव चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने घोषणा गरेलगत्तै त्यहाँको इस्लामिक रिभोलुस्नरी गार्ड कप्र्सले हर्मुज जलमार्गका तीनवटा जहाज नियन्त्रणमा लिइएको छ । तीनवटा मध्ये दुईवटालाई नियन्त्रणमा लिइएको समेत बताइएको छ । सो आक्रमणपछि युद्धविराम लम्बिनेमा अन्यौलता बढाएको बीबीसीले जनाएको छ । 

 राष्ट्रपति ट्रम्पले युद्धविराम लम्बाउने बताएपनि इरानी बन्दरगाहहरुमाथिको अमेरिकी नाकाबन्दी यथावत् राखिने बताएकाले सो आक्रमण वार्ताका लागि दबाब सिर्जना गर्ने उद्देश्यले राखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

यद्यपि, पाकिस्तानमा हुने भनिएको अमेरिका–इरान वार्ता समेत अनिश्चित बनेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान नगएपछि वार्ताबारे थप अन्योल बढेको बताइएको छ । विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग अत्यन्त जोखिमपूर्ण बनेको बताइन्छ । सुरक्षा चुनौतीका कारण जहाज आवागमन न्यून भएको बताइएको छ । यसले इरानमा मात्र नभएर विश्व अर्थतन्त्रमा समेत गम्भीर असर पार्ने चिन्ता बढाएको बताइन्छ ।