अन्तर्राष्ट्रिय

पश्चिम बंगालमा विधानसभा चुनावको दोस्रो चरण अन्तर्गत मतदान जारी

काठमाडौं

भारतको पश्चिम बंगालमा विधानसभा चुनावको दोस्रो चरण अन्तर्गत १४२ विधानसभा सिटमा आज मतदान जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहनेछ ।

 यसअघि अप्रिल २३ मा पहिलो चरणमा दार्जिलिङ सहित १६ जिल्लाका १ सय ५२ निर्वाचन क्षेत्रमा मतदान भएको थियो । ती जिल्लामा कीर्तिमान ९३ दशमलब २ प्रतिशत हाराहारीमा मत खसेको थियो ।

 दोस्रो चरणको निर्वाचनको पूर्वसन्धयामा विमानस्थल र बस स्टेसनमा देखिएको भीडले दक्षिणतर्फ पनि राम्रो मत खस्ने संकेत गरेको छ । पश्चिम वंगाल बिधानसभाको २ सय ९४ सिटमा ममता वेनर्जीको त्रिणमुल कंग्रेस र भारतीय जनता पार्टीबीच कडा प्रतष्पर्धा हुने अनुमान गरिएको छ। विश्लेषकहरुका अनुसार पहिलो चरणको दाँजोमा दोस्रो चरणको निर्वाचन महत्वपूर्ण हुने अनुमान छ ।