अन्तर्राष्ट्रिय

इरानसँगको युद्ध औपचारिक रूपमा समाप्त भइसकेको ट्रम्प प्रशासनको दाबी

काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसँगको युद्ध औपचारिक रूपमा समाप्त भइसकेको दाबी गरेको छ । प्रशासनका अनुसार अप्रिलको सुरुआतमा लागू भएको युद्धविरामले युद्धलाई प्रभावकारी रूपमा रोकिसकेको दाबी गरिएको समाचार संस्था एपीले जनाएको छ । 

अमेरिकी रक्षा मन्त्री पेट हेगशेथले युद्धविरामले युद्ध रोकिएको अवस्थामा पु¥याएको बताउनुभएको समाचारमा उल्लेख छ । सोही आधारमा प्रशासनले औपचारिक रूपमा युद्ध जारी नरहेको तर्क अघि सारेको हो। 

यद्यपि, युद्धविराम अवधि थप गरिए पनि इरानले अझै हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम राखेको बताइएको छ । उता अमेरिकी नौसेनाले इरानका तेल ट्यांकर आवतजावतमा नाकाबन्दी जारी राखेको छ। यद्यपी, सो अवस्थालाई पूर्ण रूपमा युद्ध समाप्त भन्न नमिल्ने विश्लेषण गरिएको छ ।