अन्तर्राष्ट्रिय

अमेरिका र चीनले संयुक्त रूपमा उत्तर कोरियाको परमाणु निशस्त्रीकरणका लागि काम गर्ने सहमति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै बेइजिङ भ्रमणपछि अमेरिका र चीनले संयुक्त रूपमा उत्तर कोरियाको परमाणु निशस्त्रीकरणका लागि काम गर्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङले उत्तर कोरियालाई परमाणु निशस्त्रीकरण गर्न साझा लक्ष्यको राखेको दाबी गरेको हो । सो विज्ञप्तिमा राष्ट्रपति ट्रम्प र समकक्षी सी इरानले परमाणु हतियार राख्न नहुने विषयमा समेत सहमत भएको उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, ह्वाइट हाउसको विज्ञप्ति बेइजिङको शिखर सम्मेलनपछिको आधिकारिक विज्ञप्तिभन्दा भिन्नै भएको समाचारमा उल्लेख छ । चिनियाँ विदेश मन्त्रालयले दुई नेताले युक्रेन र मध्य पूर्व तथा कोरियाली प्रायद्वीपको बारेमा संक्षिप्त छलफल भएको मात्र उल्लेख छ ।