कला/साहित्य

आमा र सन्तानबीचको सम्बन्धबारे काठमाडौंमा कला प्रदर्शनी

- केएफएम डेस्ककाठमाडौं

आमा र सन्तानबीचको सम्बन्धमा आधारित भई “पेटका केही कुरा”शीर्षकमा कला प्रर्दशनी आयोजना भएको छ ।

 ब्रिटिश काउन्सिलको सहयोगमा काठमाडौँको बबरमहलस्थित नेपालआर्ट काउन्सिलमा आगामी जेठ २ गतेसम्म प्रर्दशनी हुनेछ । बुनु ढुङ्गानाद्वारा निर्देशित प्रदर्शनीले आमा छोरीबीचको सम्बन्धलाई प्रभावित पार्ने भिन्नता र विभिन्न कडीको अध्ययन गर्न सघाउ पुग्ने बताइएको छ ।

 प्रदर्शनीले संस्कृति र अनुभवहरुबीच एकआपसमा एक अर्कालाई बुझ्न समेत सहयोग हुने निर्देशक ढुङ्गानाले बताउनुभयो । प्रदर्शनीमा कलाकारबीचको वार्ता, प्रस्तुति, प्रवचन, कार्यशाला, तथा चलचित्र प्रदर्शनीको शृङ्खला समेटिएको छ ।

 प्रदर्शनीमा अस्मिता बादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्जला महर्जन, तृप्ती तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ तथा प्रतिभा तुलाधार लगायतको सृजना राखिएको छ ।