मुख्य समाचार

रसुवागढी नाका १५ दिनका लागि बन्द

- रेडियो कान्तिपुर संवाददातारसुवा

चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालसँगको व्यापारिक रसुवागढी नाका आजदेखि १५ दिन बन्द भएको छ । दुई देशका अधिकारीबिचको छलफलमा रसुवागढी नाकाबाट केरुङ प्रवेशमा रोक लगाउने जानकारी चिनियाँ पक्षले गराएको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन सहायक केशर बहादुर राइले बताउनुभयो ।

 कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटना हुन सक्ने र ल्होसार पर्वमा परेको सार्वजनिक बिदाको कारण देखाउँदै चिनियाँ पक्षले आवत जावतमा रोक लगाएको हो । आगमन प्रस्थान अनुमति पत्र लिएका रसुवाका नागरिकलाई भने नाका पारीसम्म मात्र जान दिने चिनिया पक्षले जनाएको छ ।