मुख्य समाचार

तीर्थयात्री सवार बस तमिलनाडुमा दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सुनसरीको दुहवीबाट तिर्थयात्री बोकेर भारत गएको बस तमिलनाडुको सालेममा दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । बसमा ३४ जना यात्रु सवार थिए ।

सो बस तमिलनाडुको सालेम जिल्लास्थित ४४ नम्बर हाईवेमा भारतीय समयअनुसार मध्याह्न १२ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा वीरबहादुर राई, टिकाराम चौधरी, गोपाल तामाङ, फुलसरी चौधरी, बुधनी चौधरी र विष्णु दाहालको मृत्यु भएको हो । 

कर्नाटकको मधुराईस्थित मिनाक्षी मन्दिर दर्शन गरेर नासिक फर्कने क्रममा बस दुर्घटना परेको यात्रु अमरनाथ चौधरीले बताउनुभयो । चौधरीका अनुसार राजमार्ग छेउमा रोकिराखेको बसलाई विपरित दिशामा रहेको अर्को बसले ठक्कर दएको थियो । 

घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । सवै घाईतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।