मुख्य समाचार

वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

- हरि गौतमरुकुम पश्चिम

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ का वडाध्यक्ष दिपक केसीको नेतृत्वमा गएको टोलीले वडा नम्बर १४ मा रहेको प्रहरी चौकीमा तोडफोड गरेको छ । 

गएराती ८ बजेतिर छिवाङ ज्युलामा रहेको प्रहरी चौकीमा तोडफोड भएको हो । वडाध्यक्ष केसीले सुरक्षाजाँचका लागि राखिएको ढाट हटाउन ढिलाई गरेको भन्दै झगडा सुरु गरेका थिए । त्यसै क्रममा थप २०/२५ जना युवा आएर प्रहरी चौकी तोडफोड गरेको अस्थायी प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले जानकारी दिनुभयो । 

आक्रमणबाट गाडि रोक्नका लागि बनाइएका सामग्री नष्ट गर्नुका साथै कार्यालयमा रहेका कुर्सीमा क्षती पुगेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले प्रहरी चौकी तोडफोडमा संलग्न वडाध्यक्ष केसी सहित अरुको पनि खोजि भइरहेको बताउनुभयो । उनीहरुलाई कानून बमोजिम कारबाही हुने र त्यसको प्रक्रिया अघि बढाइसकेको डिएसपी केसीले बताउनुभयो ।