मुख्य समाचार

सहायक रथी रावल र महासेनानी खड्का सैनिक सेवाबाट बर्खास्त

- प्रिन्स गौतमकाठमाडौं

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । सैनिक समरी अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । 

बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका हुन् । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए । 

दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको,नीति निर्देशन अवज्ञा गरेको,अहोदामा नबसेको र सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषि ठहर गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।