मुख्य समाचार

सैनिक प्रवक्ता फेरिए, नयाँ प्रवक्तामा पौडेल

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सैनिक मुख्यालयले केही उच्च अधिकृतहरुको काज सरुवा गरेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलाई मध्यपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिएको छ । 

पाण्डे उपरथी बढुवाको लाइनमा समेत हुनुहुन्छ । मुख्यालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोष वल्लव पौडेललाई दिएको छ । 

उहाँ नम्बर १५ बाहिनी अड्डाका बाहिनीपति हुनुहुन्छ । त्यसैगरी नम्बर १५ बाहिनी अड्डाको बाहिनीपतिमा सहायकरथी अरुण पालको सरुवा भएको छ । 

यस्तै, सेनाको गूप्तचर महानिर्देशनालयको प्रमुखमा उपरथी सरोज प्रताप राणाको सरुवा भएको छ । हालका गूप्तचर प्रमुख झंकरबहादुर कठायतले एक महिनामा अवकास पाउँदै हुनुहुन्छ ।