पहिरोले ९ जना वेपत्ता, ५ घर पुरिए, गलेश्वरको बेलीब्रिज भत्क्यो
- म्याग्दीअविरल भारी वर्षाको कारण पहिरोमा पुरिएर ९ जना वेपत्ता भएका छन । ५ घर पुरिएका छन ।
धौलागिरी गाउँपालिका, ६ मराङमा खसेको पहिरोले बगाउँदा तल रिखामा रहेको भीमबहादुर जुग्जालीका घरका ४ जना, धनबहादुर जुग्जालीको घरका ३ जना र छुट्टै मालिका गाउँपालिका, ७ वीमको दुलेमा सोमनाथ पौडेलको घर पहिरोले बगाउँदा दुई जना बेपत्ता भएको स्थानीयले बताएका छन ।
धौलागिरी गापा, ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीका अनुसार भिरालोपाखाको माथिल्लो खण्डमा रहेका घन्टवाङ पहिरो झरेपछि १३ घर विस्थापित भएका छन । रिखाका ४ घर विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले पहिरोमा केही घर पुरिएको, मानवीय क्षतिको जानकारी आएको भएपनि संख्या यकिन नभएको जनाएको छ ।
त्यसैगरी अविरल वर्षाकाकारण राहुघाट खोलामा आएकोबाढीले बेनी–जोमसोम सडकको गलेश्वर स्थित राघुघाट खोलामाथीको बेलीव्रिज वगाएको छ । पुलको फाउण्डेसनसहित बगाएपछि बाढी अहिले पिप्लेगलेश्वर वस्ती तर्फ सोझिएको छ । मोटर पुल वगेपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अव यातायातबाट पूर्ण विच्छेद भएका छन ।