मुख्य समाचार

शुक्रबार थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज दुई हजार ८ सय ९ पुरुष र एक हजार ६ सय ९० महिला गरी ४ हजार ४ सय ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ७ सय २० जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ र ललितपुरमा २ सय २६ नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६ सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ६८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।