मुख्य समाचार

संवैधानिक परिषद्को बैठकमा नजान दाहालको आग्रह

- केएफएम डेस्ककाठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठकमा नजान परिषद्का सदस्यलाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका बिहान ९ बजेका लागि आह्वान गर्नु भएको संवैधानिक परिषद्को बैठकमा नजान परिषद्का सदस्यलाई आग्रह गर्नुभएको छ ।

 परिषद्को भोलिको बैठक स्थगित गर्न पनि दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भएको छ । संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायले बैठक बोलाएको भन्दै दाहालले बैठकमा सहभागी नहुन सदस्यलाई अनुरोध गर्नु भएको हो । प्रधानमन्त्रीले बारम्बार अध्यादेशको दुरुपयोग गरेको पनि दाहालको भनाइ छ ।