मुख्य समाचार

हुम्लाका ४ गाउँपालिकाले मात्र ल्याए बजेट

- जनकबहादुर शाहीहुम्ला

हुम्लामा रहेका ७ वटा गाउँपालिकामध्ये ४ वटा गाउँपालिकाले मात्र बजेट ल्याएका छन । आज बजेट ल्याउने गाउपालिकाले आर्थिक बर्ष ०७८/ ७९ को लागि २७ करोड देखि ४६ करोड सम्मको बजेट ल्याएका हुन । बजेट ल्याउनेमा सिमकोट, खार्पुनाथ, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन । चार वटा गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, कृषि र उदमशिलतालाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन ।

बिहबार बजेट ल्याउने पालिकाहरुमा सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷०७९ को लागि ४६ करोड ४६ लाख ४५ हजार, खार्पुनाथले ३६ करोड ६९ लाख ११ हजार, ताँजाकोटले ३१ करोड १९ लाख र अदानचुलीले २७ करोड ९८ लाख ६२ हजारको को बजेट ल्याएका छन । हुम्लामा ४ वटा गाउपालिकाले मात्र तोकिएको मितिमै बजेट ल्याएका छन ।

नाम्खा गाउपालिकाको गाउ सभा आझै हुने भनिएको भए पनि वडा नं. ६ मा पर्ने हिमाल पारिको गाउ लिमिबाट प्रतिनिधि आउन नसक्ने भएकाले असार १८ गते गाउ सभा गर्ने नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर तामाङले जानकारी दिनुभयो । चेखेली गाउँपालिकाको गाउँसभा १५ गते हुने भएको छ

भने सर्केगाड गाउपालिकोको गाउसभा कहिले हुने सोको यकिन नभएको सर्केगाड गाृपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर शाहीले बताउनुभयो ।

बिहिबार बजेट ल्याएका ४ वटै गाउपालिकाले स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, सडक, कृषि उदमशिलता, मर्मत सभार र आयआर्जनका क्षेत्रलाई प्राथमिकता दिएका छन् ।