मुख्य समाचार

मलेसियाबाट थप १५ शव ल्याइयो

- केएफएम डेस्ककाठमाडौं

मलेसियाबाट आज थप १५ वटा शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार मलेसियामा वैदेशिक रोजगारीका क्रममा रही विभिन्न कारण ज्यान गुमाएका १५ जनाको शव र २ जनाको अस्तु आज बिहान ८ बजे नेपाल एयरलाइन्सको वाइडबडीबाट ल्याइएको हो । यसअघि गत शनिबार पनि २४ शव सहित ३ वटा अस्तु नेपाल ल्याइएको थियो ।