मुख्य समाचार

राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको बैठकबाट पारित विनियोजन विधेयक प्रमाणीकरण गर्नु भएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रमाणीकरणको लागि पेश भएको विनियोजन विधेयक, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको जनाएको छ । 

राष्ट्रपतिबाट सो विधेयक प्रमाणीकरण भएसंगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुलेको छ ।