मुख्य समाचार

अनअराइभल भिसा खुला

काठमाडौं

कोभिड संक्रमणका कारण रोक लगाइएको अनअराइलल भिसा खुला गरिएको छ । संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीका अनुसार कोभिडको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा पाउने छन् । सरकारले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्दै भिसा खुला गरेको जनाएको छ ।

सरकारले २०७६ चैतको पहिलो लकडाउनसँगै विदेशीलाई अनअराइभल भिसामा रोक लगाएको थियो । योसँगै कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको, नेपाल आउने उडानको लागि चेक इन हुनु भन्दा ७२ घन्टा भित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको, होटल बुक गरेका विदेशीले सजिलै नेपाल भम्रण गर्न पाउने छन् ।

तर नेपाल सरकारले विदेशी नागरिकको नेपालमा पुन: अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्न सक्ने छ । यदि त्यस्तो परीक्षणबाट कोरोना पोजेटिभ देखिएमा अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा निको नभएसम्म बस्नुपर्ने सहसचिव अधिकारीले बताउनुभयो ।