स्थानीय तहको निर्वाचन बैशाखमा नगराउन माग गर्दै दायर निवेदन दरपिठ
- काठमाडौंआगामी बैशाख ३० गते स्थानीय तह निर्वाचन गर्न नमिल्ने भन्दै महोत्तरीको भंगाहा नगरपालिका प्रमुख संजीव साहले सर्वोच्च अदालतमा दिएको निवेदन दरपिठ भएको छ ।
सर्वोच्चका रजिष्ट्रार नारायण प्रसाद पन्थीले बिना आधार निवेदन प्रस्तुत गरेको भन्दै दर्ता गर्न अस्वीकार गर्नुभएको छ । स्थानीय तहको ५ वर्षको कार्यकाल नपुग्दै नयाँ निर्वाचन गर्न नमिल्ने दाबी गर्दै तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाबाट निर्वाचित साहले सर्वोच्चमा निवेदन दिनुभएको थियो ।
मधेस प्रदेशका स्थानीय तहहरुमा तेस्रो चरणमा अर्थात २०७४ असोजमा निर्वाचन भएको थियो । सर्वोच्च अदालतमा पेश भएको निवेदन दर्ताका लागि योग्य नभए प्रशासनिक स्तरबाटै आधार र कारण खुलाएर दर्ता नहुने आदेश दरपिठ गरिन्छ ।