मुख्य समाचार

झापा ५ मा केपी ओलीलाई सुरुवाती अग्रता

- अर्जुन राजवंशीबिर्तामोड

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती अग्रता लिनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पहिलो चरणको प्रारम्भिक मत परिणाम अनुसार ओलीले ३ हजार २ सय १२ मत प्राप्त गर्नु भएको छ । 

ओली पछ्याईरहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा.खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५ सय २३ मत प्राप्त गर्नु भएको छ । ६ हजार दुई सय ७ मत गणना सकिदा ४ सय १४ मत बदर भएको छ । 

एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको सो क्षेत्रमा आइतबारको निर्वाचनमा ६६ दशमलव २० प्रतिशत अर्थाथ एक लाख दुई हजार एक सय ५० मत खसेको थियो ।