मुख्य समाचार

अवैध रुपमा साउदी बस्दै आएकालाई बर्हिगमन भिसा

साउदी अरबको सरकारले विभिन्न कारण अवैध रुपमा बसोबास गर्दै आएका थप ५४ नेपालीलाई नेपाल फर्कन अनुमति दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार साउदी सरकारले बर्हिगमन भिसा दिएको हो । गत २७ नोभेम्बरदेखि १ डिसेम्बरसम्मको अवधिमा रियाद र दमामबाट प्रक्रिया थालिएकामध्ये ५४ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको दूताबासले जनाएको छ ।

 दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र नबनाएका वा नवीकरण नगरेका गैरकानूनी रुपमा बस्दै आएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । अवैध रुपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रुपमा बर्हिगमन भिसा लिनु पर्ने प्रावधान छ । 

यस्तै, दूताबासले साउदी सरकारको नयाँ नियम अनुसार हुरुब लागेका अर्थात गैरकानूनी रुपमा बसेको भनि पहिचान गरिएकाहरुलाई बर्हिगमन भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्न आग्रह गरेको छ ।