मुख्य समाचार

प्रधानमन्त्री र मन्त्रालयका सचिवहरुबीच आज छलफल हुँदै

- केएफएम डेस्क

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी सेवा प्रवाह र विकास निर्माण आयोजनामा भएको प्रगतीबारे सवै मन्त्रालयका सचिवहरुसंग आज पनि छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री भएलगत्तै सचिवहरुलाई ३० वुँदे निर्देशन दिएका दाहालले कार्यन्वयनको अवस्थाबारे छलफल गर्न लाग्नुभएको हो ।

छलफलका लागि सवै मन्त्रालयका सचिवहरुलाई मध्यान्न १२ बजे सिंहदरवार बोलाईएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

विकास खर्च हुन नसक्नुको कारण, नीतिगत समस्या, जनताको सेवा प्रवाहसंग प्रत्यक्ष जोडिएका स्वास्थ्य संस्था, यातायाता विकास, कर कार्यलय जस्ता निकायमा सुधारका लागि प्रधानमन्त्रीले पुष तेस्रो साता ३० बुँदे निर्देशन दिनुभएको थियो ।

सोही विषय कार्यन्वयन भए/नभएको अवस्थाबारे आज जानकारी लिईने प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको भनाई छ । प्रधानमन्त्री दाहालले सरकारी सेवा सुधार सम्वन्धमा सचिवहरुलाई थप निर्देशन दिने सम्भावना छ ।