मुख्य समाचार

जलनको उपचारपछि चन्द्र भण्डारी पहिलो पटक संसदमा

- केएफएम डेस्कललितपुर

काठमाडौं बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भिर घाइते भई भारतमा उपचारबाट फर्किएपछि नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी पहिलो पटक प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुभएको छ ।

संसदमा बोल्दै सांसद भण्डारीले जलन भएको बिरामीलाई सरकारले आर्थिक सहयोग दिनुपर्ने बताउनुभयो । सरकारले दिर्घ तथा गम्भिर रोगका बिरामीलाई आर्थिक सहयोग गरे जस्तै आगोले जलेका बिरामीलाई पनि समेट्नु पर्ने भण्डारीको भनाइ थियो ।

गत फागुन ३ गते राति साढे १० बजेको समयमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी घाइते हुनुभएको थियो ।