मुख्य समाचार

संविधानसभा अध्यक्ष एवम् पूर्व सभामुख नेम्वाङको निधन

काठमाडौं

हृदयघातका कारण निधन भएका संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वांङको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागि एमाले पार्टी कार्यालयमा लगिदैछ । उहाालाई श्रद्धान्जलीका लागि ललितपुरको च्यासलस्थित पार्टी कार्यलयमा आज र भोली राखिने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

बालुवाटारस्थित निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा नेम्वाङको गएराति निधन भएको थियो । प्रतिनिधिसभाको गत निर्वाचनमा इलाम क्षेत्र नम्बर दुईबाट निर्वाचित पार्टी उपाध्यक्ष नेम्वांङको ७१ वर्षको उमेरमा निधन भएको हो । उहाको निधनले सिंगो राजनीतिक क्षेत्र स्तव्ध भएको छ ।

नेम्वांगको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतका शिर्ष नेताहरु त्रिवि शिक्षण पुग्नुभएको थियो । विदेशमा रहेका २ छोरा आएपछि मात्रै नेम्वाङको अन्त्येष्टि गरीने उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङ २०६५ र २०७० सालमा संविधानसभाको अध्यक्ष हुनुहुन्थयो । २००९ साल फागुण २० गते इलाममा जन्मिएका नेम्वाङ वरिष्ठ अधिवक्ता समेत हुनुहुन्थ्यो । २०२८ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापतिबाट राजनीतिक यात्रा सुरु गरेको नेम्वाङ २०४८ सालमा राष्ट्रिसभा सदस्य चुनिनु भएको थियो । २०५६ सालको प्रतिनिधिसभामा इलाम दुईबाट निर्वाचित भएका नेम्वाङ २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा पनि इलाम दुईबाटै निर्वाचित हुनुभएको थियो । उहााको चार पटक सभामुख हुनुभएको थियो ।