मुख्य समाचार

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदैं

- केएफएम डेस्क

अमेरिका र चीनको औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किदै हुनुहुन्छ । राष्ट्रसंघीय महासभामा भाग लिन गत भदौ ३० गते अमेरिका पुुगेका प्रधानमन्त्री दाहालले गत शनिवारदेखि चीनको उच्चस्तरीय भ्रमण गर्नुभएको थियो । चीनको छेन्दु विमानस्थलबाट प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधीमण्डल विहान १० बजे स्वदेश फर्किन लागेको उहााको सचिवालयले जनाएको छ ।

राष्ट्रसंघीय महासभामा नेपालको शान्ति प्रक्रीया र जलवायुु परिवर्तनले अल्पविकसित राष्ट्रमा परेको असरबारे सम्वोधन गरेका प्रधानमन्त्री दाहालले चीनसंग भने दुुईपक्षीय आर्थिक सम्वन्धबारे विभिन्न सम्झौता र समझदारी गर्नुुभएको छ ।

राष्ट्रसंघीय महासभाका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न मुलुकका समकक्षीसंग दुईपक्षीय आर्थिक सम्वन्धबारे महत्वपुर्ण भेटवार्ता गर्नुभएको थियो । न्यूयोर्कबाट गत शनिबार चीन गएका प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा नेपाल र चीनबीच पूर्वाधार विकास, सुचना प्रविधि लगायतका १३ विषयमा सहमति भएको थियो ।

चीनको भ्रमण दुई पक्षीय सम्वन्धमा नयां आयम सिर्जना गर्न र आर्थिक दृष्टिकोणले निकै फलदायी भएको प्रधानमन्त्रीको सचिवालयले दावी गरेको छ ।