प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
-अमेरिका र चीनको औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किनुभएको छ । राष्ट्रसंघीय महासभामा भागलिन गत भदौ ३० गते अमेरिका पुुगेका प्रधानमन्त्री दाहालले गत शनिवारदेखि चीनको उच्चस्तरीय भ्रमण गर्नुभएको थियो । चीनको छेन्दु विमानस्थलबाट प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधीमण्डल केहीबेर अघि स्वदेश फर्किएको उहााको सचिवालयले जनाएको छ ।
राष्ट्रसंघीय महासभामा नेपालको शान्ति प्रक्रीया र जलवायुु परिवर्तनले अल्पविकसित राष्ट्रमा परेको असरबारे सम्वोधन गरेका प्रधानमन्त्री दाहालले चीनसंग भने दुुईपक्षीय आर्थिक सम्बन्धबारे विभिन्न सम्झौता र समझदारी गर्नुुभएको छ ।
राष्ट्रसंघीय महासभाका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न मुलुकका समकक्षीसंग दुईपक्षीय आर्थिक सम्वन्धबारे महत्वपुर्ण भेटवार्ता गर्नुभएको थियो । न्यूयोर्कबाट गत शनिबार चीन गएका प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा नेपाल र चीनबीच पूर्वाधार विकास, सुचना प्रविधि लगायतका १३ विषयमा सहमति भएको थियो ।
चीनको भ्रमण दुई पक्षीय सम्वन्धमा नयां आयाम सिर्जना गर्न र आर्थिक दृष्टिकोणले निकै फलदायी भएको प्रधानमन्त्रीको सचिवालयले दावी गरेको छ ।