मुख्य समाचार

जथाभावी भीपीएनको प्रयोग नगर्नुः दूरसञ्चार प्राधिकरण

काठमाडौं

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटमा भीपीएनको जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । 

प्राधिकरणले सुचना जारी गर्दै इन्टरनेटमा सजिलै प्राप्त हुने अधिकांश निशुल्क भीपीएनमा डाटाको सुरक्षा तथा गोपनीयता सँग सम्बन्धित कमजोरी रहेकाले यसबाट जोखिम निम्त्याउन सक्ने प्रयोग नगर्न आग्रह गरेको हो । 

भीपीएन प्रदायकहरूले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्री, वितरण गर्ने सम्भावना हुने भएकाले यसको प्रयोग जोखिमपूर्ण हुने प्राधिकरणको भनाई छ । भीपीएन प्रयोग गर्दा ह्याकरको निसानामा पर्ने सम्भावना पनि बढी रहने प्राधिकरणले जनाएको छ ।