कोशी प्रदेशले प्रतिस्थापन विधेयक प्रदेशसभामा आज टेबल गर्दै
-कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि अध्यादेश मार्फत दोस्रो पटक ल्याइएको बजेटको प्रतिस्थापन विधेयक प्रदेशसभामा आज टेबल गर्दैछ । मुख्यमन्त्री केदार कार्कीले प्रदेशको २५ लाख मुनीका अधिकांश टुक्रे योजना खारेज गरी ३६ अर्ब ५० करोड रुपेयाा बजेटको प्रतिस्थापन विधेयक ल्याउन लाग्नुभएको मन्त्रालय स्रोतले जनाएको छ । मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक मार्फत मानवीय विकाससागै कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गर्नुभएको छ ।
प्रतिस्थापन विधेयक मार्फत प्रदेशभरिका प्रत्येक निर्वाचन क्षेत्रमा बजेट र योजना पर्ने गरी मुख्यमन्त्री कार्कीले सन्तुलन मिलाउने प्रयास गर्नुभएको छ । तर, कतिपय मन्त्रालयको बजेट कार्यान्वयनमा गइसकेकाले केही योजना मुख्यमन्त्री कार्कीले खारेज गर्न नसकेको मन्त्रालय स्रोतको दाबी छ ।
यसअघि हिक्मत कार्की नेतृत्वको सरकारले गत भदौ २४ गते ल्याएको दोस्रो पटक बजेट सम्बन्धी अध्यादेश असोज १७ गतेको प्रदेशसभा बैठकमा पेस भई स्वीकृत भएको थियो । प्रदेशसभाबाट बजेट पारित नहुादा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा विकास निर्माणको कामको प्रक्रिया समेत सुरु हुन सकेको छैन ।
यसैबीच, स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ आज मन्त्रीहरुले दिने कार्यसूची छ ।