मुख्य समाचार

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन

- केएफएम डेस्ककाठमाडौं

संसदीय सुनुवाइ विशेष समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

हाल परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका लागि राजदूत बनाउने सिफारिस गरेपछि आज उहांँको संसदीय सुनुवाइ भएको थियो । पौड्याललाई अब राष्ट्रपतिले नियुक्त गरेपछि औपचारिक रुपमा राजदूतको कार्यभार सम्हाल्नुहुनेछ ।

पौड्यालले क्यूबा, डोमिनिकन् रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था आइकाओको पनि स्थायी प्रतिनिधिको रुपमा काम गर्नुपर्नेछ ।