मुख्य समाचार

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेलाई उम्काउन खोजियोः नेपाली काँग्रेस

- केएफएम डेस्क

प्रतिपक्षी दल नेपाली काँग्रेसले समष्टिगत सहकारीका विषयमा अध्ययनको कुरालाई लिएर उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उम्काउन खोजिएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएपछि पत्रकारसंग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लामिछानेलाई उम्काउन खोजिएको टिप्पणी गर्नुभएको हो ।

सदन सुचारुका लागि केही समझदारी बन्ने कुरामा आफूहरू आशावादी रहेको प्रवक्ता महतले बताउनुभयो ।

छानबिन प्रक्रियामा अनुचित प्रभाव पार्ने सम्भावना भएकाले संसदीय समितिको माग गरिएको उहाँले उल्लेख गर्नुभयो ।

सहकारीको रकम अपचलनको विषयमा संसदीय समिति गठन हुनुपर्ने माग राख्दै आएको कांग्रेसका कारण संसदीय गतिरोध उत्पन्न भएको छ । प्रतिपक्षी दल कांग्रेसका कारण संसद बैठक सुचारु हुन सकेको छैन ।