भारतमा ग्याँस लिक हुँदा भएको दुर्घटनमा ज्यान गुमाउने नेपालीको संख्या ३ पुग्यो
- बझाङभारतको बैग्लुरुमा खाना पकाउने ग्याँस लिक हुँदा भएको दुर्घटनमा ज्यान गुमाउने नेपाली नागरिकको संख्या ३ पुगेको छ ।
दुर्घटनामा घाइते भएकी ३० बर्षीया प्रेमजला बोहोराको पछिल्लो पटक मृत्यु भएको हो ।
गत बुधबार राति भएको सो दुर्घटनामा प्रेमजलाकी आठ वर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको मृत्यु भएको थियो । बझाङको जयपृथ्वी नगरपालिकाका–११ ठेगाना भएका उनीहरुको परिवारका पाँच जना जलेर घाइते भएका थिए ।
दुर्घटनामा घाइते भएका ३२ वर्षीय मदन र उनकी जेठी छोरी निरुताको भने स्थानीय भिक्टोरीया अस्पतालमा उपचार भइरहेको छ ।
झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागी भएको थियो । बोहोराको परिवार विगत ६ वर्ष देखी भारतमा बस्दै आएको थियो ।