भारतमा ग्याँस लिक हुँदा भएको दुर्घटनमा एकै परिवारका ५ नेपालीको मृत्यु
- बझाङभारतको बैग्लुरुमा खाना पकाउने ग्याँस लिक हुँदा भएको दुर्घटनामा परी घाइते भएका एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ ।
ग्याँस लिक भएपछि भएको आगलागीमा जलेर घाइते भएकामध्ये ३२ बर्षीय मदन बोहोराको गएराति र उनकी छोरी ११ बर्षीया निताको आज मृत्यु भएको छ ।
यसअघि उनकी श्रीमती ३० वर्षीया प्रेमजला, आठ बर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको मृत्यु भएको थियो ।
बझाङको जय पृथ्वी नगरपालिका ११ सुइलका स्थायी बासिन्दा उनीहरुको परिवार विगत ६ बर्षदेखि भारतमा बस्दै आएको थियो ।