मुख्य समाचार

माओवादी केन्द्र एक ढिक्का भएसरकारले पाँच वर्ष निरन्तरता पाउने प्रधानमन्त्री दाहालको भनाई

- दीपक परियार

प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्र एक ढिक्का भए आफ्नो नेतृत्वको सरकारले पाँच वर्ष निरन्तरता पाउने बताउनुभएको छ । गठबन्धन दलहरुबीच मतभेद बढेको आशंका भइरहेका बेला प्रधानमन्त्री दाहालले पार्टी एक ढिक्का भएर गुटबन्दी अन्त्य भए अर्को चुनाव सम्म यही सरकार जाने दाबी गर्नुभएको हो ।

पोखरामा आज माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणमा बोल्दै उहाँले अझै केही वर्ष आफू नेतृत्वमा रहन चाहेकोतर्फ संकेत समेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सरकारप्रति जनतामा नयाँ भरोसा र विश्वास पैदा भएको जिकिर समेत गर्नुभयो । गुटबन्दी नगरी नेतृत्व, विचार, समाजवादी क्रान्तिको पक्षमा उभिएर समाजवादको आधार तयार पार्नेतर्फ लाग्नुपर्ने उहाँको भनाई थियो ।