मुख्य समाचार

पुराना दलभन्दा आफूहरु फरक रहेको रास्वपा सभापति लामिछानेको दाबी

- केएफएम डेस्क

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आम नागरिकको अपेक्षा पूरा गर्ने काम गर्ने बताउनु भएको छ ।

पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले पुराना दलहरुभन्दा आफूहरु फरक रहेको दाबी गर्नुभयो ।

रास्वपाले दोस्रो स्थापना दिवस काठमाडौंसहित देशभर विविध कार्यक्रम गरी मनाएको छ ।

केन्द्रीय कार्यालय बालाजुमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली शर्मा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, लगायत विभिन्न पार्टीका शीर्ष नेता, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, लगायत सहभागी थिए ।

रास्वपा २०७९ असार ७ गते स्थापना भएको हो । संसद्को चौथो दल रास्वपा अहिले सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल छ ।