मुख्य समाचार

मलाई पदबाट हटाउन सजिलो छैनः प्रधानमन्त्री दाहाल

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई पदबाट हटाउन सजिलो नभएको र संसदको पुरै अवधि प्रधानमन्त्री हुने बताउनुभएको छ ।

वर्तमान सत्ता गठबन्धनलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री दाहालले आफूहरु जादुमय संख्या रहेको र तरिका मिलाउन सके पुरै अवधि सरकारको नेतृत्व गर्ने बताउनुभएको हो ।

संसदमा ३२ सिट जितेको पार्टी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सोचेभन्दा बढी अवधि प्रधानमन्त्री भइसकेको समेत बताउनुभयो ।

 भ्रष्टाचारको विरोध र सामाजिक न्यायको पक्षमा लागिरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।