मुख्य समाचार

सुशील प्याकुरेलद्वारा राजदूतद पद अस्वीकार

- केएफएम डेस्ककाठमाडौं

दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत सुशील प्याकुरेलले सो पद अस्वीकार गर्नुभएको छ ।

प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै सिफारिस फिर्ता लिइदिन अनुरोध गर्नुभएको छ ।

उहाँले सिफारिस फिर्ताको पत्र प्रधानमन्त्री कार्यालयमा बुझाइसक्नुभएको छ ।

राजदूत सिफारिस हुनुअघि आफूसँग कुनै विमर्श नगरिएको र विगतमा सरकारले तय गरेको मापदण्ड पनि ख्याल नगरेको भन्दै प्याकुरेलले पद अस्विकार गर्नुभएको हो ।

सरकारले केही दिनअघि प्याकुरेलसहित ८ जनालाई राजदूत सिफारिस गरेको थियो ।