मुख्य समाचार

निमित्त मुख्यसचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई

- केएफएम डेस्क

भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएसँगै मुख्यसचिव डा.बैकुण्ठ अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौलाले पाउनु भएको छ । अख्तियारले मदिराको अन्तः शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै आज मुद्दा दायर गरेको थियो ।

सरकारको कार्यसम्पादन नियमावली अनुसार मुख्य सचिव रिक्त भएमा स्वतः वरिष्ठ सचिवले निमित्त पाउने व्यवस्था छ ।