नेकपा एसको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन
- काठमाडौंनेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्षमा सर्वसम्मत माधवकुमार नेपाल चयन हुनुभएको छ ।
काठमाडौंमा जारी महाधिवेशनले नेपाललाई अध्यक्ष र भुसाललाई महासचिवमा सर्वसम्मत रुपले चयन गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
महाधिवेशनले सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको खतिवडाले बताउनुभयो । अन्य पदाधिकारी र कार्यसमिति चयन भने हुन बाँकी छ ।
ती पदमा पनि सहमति खोजिने नेताहरुले बताएका छन् ।