मुख्य समाचार

कांग्रेसको संसदीय दलको बैठक बस्दै

- केएफएम डेस्क

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा अपरान्ह ३ बजे बस्ने बैठकमा एमालेसँग सहकार्यको सहमति भएसंगै विकसित पछिल्ला राजनीतिक घटनाक्रमका विाष्यमा छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । यही असार १७ गते कांग्रेस र एमालेबीच सत्तागठबन्धनमा सहकार्य गर्ने सहमति भएको थियो ।

असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताउनुभयो यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिन संघीय संसद्लाई जानकारी गराउनुभएको छ ।