त्रिशूली नदिमा बेपत्ता भएका २ जनाको शव फेला
- चितवन
शुक्रवार विहान त्रिशूली नदिमा बगेर बेपत्ता भएको बसका २ जनाको शव भेटिएको छ । हिजो विहानैदेखि वेपत्ताहरुहको खोजिकार्य भए पनि दूई जनाको सनाखत भएको हो ।
बस खसेको स्थानबाट झन्डै ५० किलोमिटर तल राप्ती नदी र नारायणी नदीको दोभान गोलाघाटमा भारत विहार सीतामडीका २८ वर्षीय ऋषिपाल साह र पूर्वी नवलपरासीको गौंडाकोट ७ स्थित नारायणी नदि किनारमा भेटिएका दूई शव मध्य एक जना वेपत्ता भएका व्यक्तिको भएको पुष्टि भएको हो ।
आज पछिल्लो पटक भेटिएको शव काठमाडौंबाट गौर तर्फ गइरहेको बसका यात्रु १९ वर्षीय रमतिकशिोर माझीको भएको चितवनका प्रमुख जिल्ला अधिकारी अधकिारी इन्द्रदेव यादवले जानकारी दिन्ुभयो ।
यसैबीच बेपत्ताहरुको खोजिकार्य आजका लागि स्थगित गरिएको हाम्रा सहकर्मीले जनाएका छन् ।
नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा खसेको पहिरोमा परेर त्रिशूली नदीमा हराइरहेको बस र यात्रुको, सुरक्षाकर्मीको तालिमप्राप्त टोलीले विहानैबाट खोजी शुरु गरेको थियो ।
सशस्त्र प्रहरी बलको चितवनस्थित कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका उद्धारकहरूले पानीभित्र क्यामरा पठाएर खोजी सुरु गरेका हुन् ।
यसैबीच पूर्वी नवलपरासीको गैंडाकोटकस्थित नारायणी नदि किनारमा भेटिएका एक जनाको भने सनाखत हुन सकेको छैन ।
सिमलतालको पहिरोमा परेर दुईवटा बस त्रिशूलीमा हराइरहेका छन् । एउटामा २४ र अर्कोमा २७ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सो बसमा सवार तीन यात्रुमात्र सकुशल छन् ।