मधेस प्रदेशमा काँग्रेसका ४ र लोसपाका १ मन्त्रीद्वारा सपथ ग्रहण
- धनुषामधेश प्रदेशमा नेपाली काँग्रेसका ४ र लोसपाको १ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन ।
मधेश प्रदेश प्रमुख .सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।
प्रदेश प्रमुख भण्डारीले अर्थ मन्त्रीमा रौतहटका सुनिल यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा पर्साका जनार्दन सिंह क्षेत्री, उर्जा सिँचाई तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनरायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशल किशोर रायलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा सँस्कृति मन्त्रीको शपथ दिनुभएको छ ।
शिक्षा तथा सँस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।
काँग्रेसले एक साता अघि नै प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको थियो । जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।