मुख्य समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए सपथ

- घनश्याम गौतमबुटवल

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । बुटवलमा एक समरोहबीच प्रदेश प्रमुख अमिक शेरचनसले मुख्यमन्त्री आचार्यलाई सपथ गराउनु भएको हो । 

मुख्यमन्त्रीसँगै एमालेका ४ र कांग्रेसका ४ जना मन्त्रीले पनि सपथ लिएका छन् । एमाले र कांग्रेसको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य हिजो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । 

मन्त्रालय बाँडफाँड र मन्त्रीको टुंगो नलागेको भन्दै सबै मन्त्रीको एकैसाथ शपथ गराउने गरी मुख्मन्त्री आचार्यकै अनुरोधमा आज लागि शपथ ग्रहण तय गरिएको हो । 

मन्त्रालयको संख्या र मन्त्रीको टुंगो लगाए पनि दुई दलबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी छ । प्रदेशका मुल १२ मध्ये एमाले र कांग्रेसबीच ५/५ मन्त्रालय लिने सहमति छ । २ मन्त्रालय भने साना दलका लागि राखिएको छ ।